भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अर्थविद् डा थापाका निधनमा नेता एवम् बुद्धिजीवीद्वारा दुःख व्यक्त

अर्थविद् डा थापाका निधनमा नेता एवम् बुद्धिजीवीद्वारा दुःख व्यक्त

पोखरा । अर्थविद् एवं नेकपा एमाले अर्थ विभागका सचिव डा गोविन्दबहादुर थापाको निधनप्रति नेता एवं बुद्धिजीवीले दुख व्यक्त गरेका छन् । थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण आज बिहान गंगालाल हृदयरोग केन्द्र, काठमाडौँमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । तीन साताअघि कोरोनामुक्त हुनुभएका थापालाई निमोनिया र फोक्सोको इन्फेसन भएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । थापाको निधनप्रति गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ ।

“यो घटनाले अवाक्, स्तब्ध र मर्माहत छु, नेपालको एउटा बौद्धिक व्यक्तित्वको अवसानले अपूरणीय क्षति पुगेको छ । तपाईँको अभाव सदैव खड्किरहनेछ । स्व गोविन्द थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् शोकाकुल समस्त परिवाजनमा गहिरो समवेदना ।”, फेसबुकमा भनिएको छ ।
त्यसैगरी थापाको निधनप्रति पूर्वस्वास्थ तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले  सामाजिक सञ्जालमार्फत देशले विद्वान् अर्थशास्त्री र आफूले असल मित्र गुमाएको जनाउनुभएको छ ।

वा बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणमा सँगसँगै काम गरेका मित्र गुमाउनुपर्दा दुःख लागेको बताउनुभयो । “अर्थशास्त्रमा विशेषज्ञता हासिल गरेका र समाजवादी व्यवस्थाका पक्षधर बौद्धिक व्यत्तित्वको निधनले देशलाई नै अपूरणीय क्षति पु¥याएको छ”, रेग्मीले भन्नुभयो । परिवर्तनका लागि निकै अग्रसर सरकारी वित्त र योजनाविज्ञ थापाको विज्ञतालाई सरकारले राम्रोसँग प्रयोग गर्न नसकेको गुनासो उहाँले गर्नुभयो ।

रेग्मीका अनुसार उहाँ पछिल्लो समय पार्टी एकताका पक्षमा हुनुहुन्थ्यो । पोखरा –८ नयाँबजारका स्थायी बासिन्दा र हाल काठमाडौंँको बसुन्धरामा बस्दैआउनुभएका थापाका श्रीमती, दुई छोरा र एक छोरी छन् । उहाँ विसं २०५१ मा एमालेको नौमहिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । पछि एमाले अर्थ तथा योजना विभाग सचिव भएर उहाँले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहिसक्नुभएका डा थापाले अर्थ मन्त्रालयमा पटकपटक गरी छ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.