भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर सञ्चालन

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर सञ्चालन

नेपालगञ्ज । बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् । “जहाँको बालीमा रोग देखिएको छ त्यहाँ शिविर सञ्चालन गरिएको हो”, केन्द्र प्रमुख विनोद घिमिरेले भने ।

सागसब्जीका पकेट क्षेत्र भएका स्थानलाई प्राथमिकतामा राखेर बाली उपचार सुरु गरेको हो । कृषि प्राविधिकले आलुमा लागेको डढुवा, लाही कीराको प्रकोप, फलमा प्वाल परेको, काउलीमा सूक्ष्म खाद्यतत्वको कमी देखिएको, गोलभेँडाको पछौटे डढुवा, फल फुटेको, फलमा गबारो लागेको, राजमामा कीराको प्रकोप, खुर्सानीमा रोगको प्रकोप, मकैमा कीराको प्रकोप देखिएको समस्याबारे किसानलाई विभिन्न सुझाव दिएका छन् ।

वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले कृषि प्राविधिकको सिफारिसअनुसार मात्र मलखाद र विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिइएको बताए । उनले ज्ञानको अभावका कारण बालीमा जथाभावी विषादीको प्रयोग बढेको देखिएको भन्दै भरपर्दो उपचार आवश्यक भएको बताए ।

शिविरमा बिरामी समस्याग्रस्त बोटबिरुवा ल्याएर किसानले विशेषज्ञबाट समस्या पहिचान तथा समाधानका उपायबारे सुझाव लिएका थिए । शिविरमा १७३ जना किसान सहभागी भएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.