बागलुङ। बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । शनिबार बिहान ३ बजे अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका वडाअध्यक्ष तेज प्रसाद सापकोटाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले ३सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएको बताए । घटनास्थलमा प्रहरी पुगेर खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक कंडेलले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।
त्यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । अन्नपूर्ण पोस्ट दैनिकबाट।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ढोरपाटन । निसीखोला गाउँपालिका–६, भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिँदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन्...
काठमाण्डौ । व्यवसायी र विज्ञहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडान गर्ने कुरालाई प्रभावित पार्न नहुने पोखरा उद्योग वाणिज्य सङ्घले ‘पोखरा अन्तर्राष्ट्रिय...
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...