भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

बाढीपहिरो पीडित ३०० परिवारलाई खाद्यान्न

बाढीपहिरो पीडित ३०० परिवारलाई खाद्यान्न

सुदूरपश्चिम । गत साउनमा आएको बाढी र पहिरो प्रभावित परिवारलाई आज खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको छ । मानवीय सेवामा अनेकौँ प्रयासको सहयोग र बडीमालिका नगरपालिकाको समन्वयमा नगरपालिकाका ३४० परिवारलाई चामल, तेल, दाल र ओढ्ने ओछ्याउने वितरण गरेको सामाजिक अभियन्ता भक्तराज जोशीले बताउनुभयो । गत साउन २५ गते राति आएको अविरल वर्षासँगै बाढी र पहिरोबाट पीडितलाई नगरपालिकाको २, ४, ५, ६, ८ र ९ वडाका गरी ३४० परिवारलाई खाद्यान्न सहयोग गरेको नगरपालिकाका प्रमुख पद्म बडुवालले बताउनुभयो । बाढी र पहिरोबाट पीडितको अवस्था नाजुक भएकाले मानवीय सेवास्वरुप संस्थाले खाद्यान्नसहित सामग्री सहयोग गरेको नगर प्रमुख बडुवालले जानकारी दिनुभयो ।

नगरपालिकाका ६ वटै वडामा रहेका बाढी र पहिरोबाट पीडित ३४० परिवारलाई प्रति परिवार तीन केजी दाल, २५ केजी चामल, एक लिटर तेल, म्याट्रिक्स एक थान र ब्लाङ्केट एक थान हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो । बाढी र पहिरो पीडित बनेका चौराटा, मार्तडी, भौनेरा, घागर, रापक, जडांगा, रिला, मना र कोर्ध र ओलेनाका बाढी पीडितलाई उक्त सामग्री नगरप्रमुख पद्म बडुवालले हस्तान्तरण गर्नुभएको थियो । बुढीगङ्गा नदीमा आएको बाढीका कारण विस्थापित बनेका पीडित परिवारको वडाले सङ्कलन गरेको लगतपछि नगरपालिकाको समन्वयमा उक्त संस्थाले राहत सामग्री वितरण गरेको हो ।

बाढी र पहिरोबाट विस्थापित र प्रभावित बनेका नरपालिकाका स्थानीयवासीले उक्त सहयोगले राहत पुगेको बताएका छन् । पीडित परिवारले खाद्यान्नलगायत सामग्री दिएपछि पीडामा मलम लागेको प्रतिक्रिया दिएका छन् । राहत सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा नगरप्रमुख पद्म बडुवालले बाढी र पहिरोबाट प्रभावित भएका पीडित परिवारलाई नगरपालिकाले हरेक सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर राहत उपलब्ध गराउने बताउनुभयो ।

उहाँले बाढी र पहिरो पीडित परिवारका लागि नगरपालिकाका जनप्रतिनिधिको भत्ता र कर्मचारीले दिएको तलबको केही रकमबाट समेत राहत नपाएका परिवारलाई छिट्टै राहत वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाका नागरिकको समस्या र बाढीपहिरो पीडितका लागि उत्तरदायी बन्दै गएको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो । उहाँले नगरका नागरिकको मागलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउनुभयो । विपद्का बेलामा सबैले जिम्मेवार बन्नुपर्नेमा उपप्रमुख विष्टले जोड दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.