भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

सिन्ह्वा । इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको हो ।

प्राप्त विवरणमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको र पाँच वेपत्ता भएको उल्लेख छ । बाढी पहिरोले दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए छन् ।

 

 


Thali Mobile Pvt.Ltd.