भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कोभिड–१९ महामारीका बेलामा पनि स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्छ र पुगिरहेको छ भन्ने हेक्का सरकारले नराखेको आरोप पनि लगाउनभुएको छ ।

प्रतिष्ठानभित्र अनेक बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएकामा ढाकछोप होइन आवश्यक उपचार जरुरी रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुयाएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न नसकिने जनाएको छ । आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.