भर्खरै : Sorry, your browser does not support inline SVG.
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो |

बिहार विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

बिहार विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

एजेन्सी । भारतको बिहारमा भएको विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका अनुसार, दोस्रो चरणमा कुल ६८.७९ प्रतिशत मत खसेको छ।

बीबीसीका अनुसार, दुवै चरणको औसत मतदान दर ६६.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो चुनावभन्दा करिब ६.९ प्रतिशत बढी हो।यसपटक महिलाहरूले पुरुषभन्दा बढी मतदान गरेका छन्। कुल ७१.६ प्रतिशत महिलाले मतदान गरे भने पुरुषको मतदान दर ६२.८ प्रतिशत मात्र रह्यो।

बिहारमा करिब ७ करोड ४५ लाख मतदाता रहेका छन् र यसपटक २ हजार १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। विहार निर्वाचन आयोगका अनुसार, मतदान पूर्ण रूपमा शान्तिपूर्ण रह्यो र कुनै पनि हिंसात्मक घटना भएको रिपोर्ट प्राप्त भएको छैन।

मतदान अघि मात्रै झन्डै ३ करोड ५२ लाख भारतीय रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको थियो। बिहार विधानसभा चुनावको मतगणना नोभेम्बर १४ तारिखमा हुनेछ।

प्रारम्भिक एग्जिट पोलहरूमा सत्तारूढ एनडीए गठबन्धन (भारतीय जनता पार्टी–जेडीयू) अग्रस्थानमा देखिएको छ, तर अन्तिम नतिजा आएपछि मात्र यसको पुष्टि हुनेछ।

 


Thali Mobile Pvt.Ltd.