भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बुधबार थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

बुधबार थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

काठमाडौं । बुधबार थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी कुल ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ लाख १ हजार १२२ जना रहेको छ ।

मन्त्रालयका अनुसार बुधबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेको जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.