भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे

भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे

मध्यपुरथिमी । देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ । प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ ।  मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट तास खेलिरहेका अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ ।

नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ । सूर्यविनायकको कटुन्जेको गणेश हिलका बासिन्दा ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई तास खेलिरहेका बेला पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० बरामद गरेको छ । सूर्यविनायक–७ घ्याम्पेडाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा तास खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त जगातिको टोलीले वाग्लेसहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० बरामद गरेको छ । भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जुवा तास खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जुवा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दा राजाराम श्रेष्ठको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.