भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुरमा सङ्क्रमितको सङ्ख्या बढ्यो

भक्तपुरमा सङ्क्रमितको सङ्ख्या बढ्यो

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८ पुगेको छ । गत असार १६ गते ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको भक्तपुरमा एक महिनाको अवधिमा सो सङ्ख्यामा सङ्क्रमित बढेको हो । सक्रिय सङ्क्रमितमध्ये भक्तपुर र चाँगुनारायण नगरपालिकाका एकरएक महिला गरी दुईजना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ७९ पुरुष र ५७ जना महिला गरी कूल एक सय ३६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सविता पुर्कोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरमा साउन १० गते ९९ जना, साउन ११ गते एक सय १४, साउन १२ गते एक सय २०, साउन १३ गते एक सय ३१ जना सक्रिय सङ्क्रमित थिए । भक्तपुरमा हालसम्म २१ हजार पुरुष र १८ हजार एक सय ९१ महिला गरी कूल ३९ हजार एक सय ९१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार ६८० पुरुष र १७ हजार नौ सय ९५ महिला सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई सय ४१ पुरुष र एक सय ३७ महिला गरी कूल तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुरथिमि नगरपालिकाका एक सय १२ जना छन् । तीमध्ये ७५ पुरुष र ३७ महिला छन् । सूर्यविनायक नगरपालिकामा ७१ पुरुष र ४० महिला गरी एक सय ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३५ महिलागरी ८७ जना र चाँगुनारायण नगरपालिकामा ४३ पुरुष र २५ महिला गरी ६८ जनाको मृत्यु भएको जनस्वास्थ्य अधिकृत पुर्कोटीले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.