भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

सोल, । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४४ हजार सात सय ५६ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ । यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.