भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न निर्देशन

भक्तपुरमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न निर्देशन

भक्तपुर । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी मात्र सहकारी संस्थाहरु सञ्चालन गर्न भक्तपुर नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका सहकारी संस्थाका प्रतिनिधिहरुसँग मंगलबार बसेको बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनगर गरी कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञामा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा नगर प्रमुख प्रजापतिले निषेधाज्ञा केही खुकुलो भए पनि भक्तपुरमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढिरहेको विषम् परिस्थितिमा सहकारी संस्थाहरुले सदस्यहरुको सेवामा समर्पित भई सुरक्षित र क्रियाशील ढंगले संस्था सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । महामारी रोकथामर नियन्त्रणको लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा जोड दिए ।

बैठकमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, संघका नगर अध्यक्ष जगनाथ प्रजापतिलगायतले भक्तपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको निम्ति गरिरहेको कामहरुमा सहकारी संस्थाहरु आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.