कठमाडौं । आफुसंग निहुँ नखोज्न चीनले भारतलाई चेतावनी दिएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले हालै भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि जिम्मेवार भएको बताएका छन् ।
चीनको सत्ताधारी पार्टीको पत्रिका ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा प्रवक्ताले भने, ‘सुरुमा भारतले द्वीपक्षीय सहमतिको उल्लंघन गर्यो, अवैध तरिकाले सीमा पार गरेर उक्साए, सीमा क्षेत्रमा एकतर्फी कारवाही गरेर यथास्थितीलाई परिवर्तन गरे र चिनियाँ सैनिकलाई धम्काउनका लागि गोली चलाए ।’
चीनको यो बयानको एकदिन अघि भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा भारत–चीन तनावमा बयान दिँदै चीमा सीमा उल्लंघन गरेको आरोप लगाएका थिए । चिनियाँ विदेश मन्त्रालयको यो बयान अघि ग्लोबल टाइम्सले पनि राजनाथ सिंहको बयानमा प्रतिक्रिया दिएको थियो ।

