भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भागेर भारत पुगेका प्रहरी सुम्पिन बर्मेली सैन्य सरकारको आग्रह

भागेर भारत पुगेका प्रहरी सुम्पिन बर्मेली सैन्य सरकारको आग्रह

बर्मामा सत्तापलट गरेको सेनाले आफ्नो आदेश नमानी भारततर्फ भागेका प्रहरीहरूलाई समातेर सुम्पन आग्रह गरेको छ। सेनाले ‘कू’ गरेपछि आदेश अवज्ञा गर्दै बर्माबाट प्रहरीहरू भारततर्फ भागेका थिए। ती बर्मेली प्रहरीहरू शरण माग्दै सीमावर्ती क्षेत्रमा बसिरहेका छन्।

प्रहरी फिर्ता गरिदिन भन्दै बर्मेली सैन्य सरकारले भारतलाई पत्र नै लेखेको छ। सो पत्रमा दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध काम राख्न प्रहरीहरूलाई फिर्ता गर्नुपर्ने उल्लेख छ। बर्मेली सेनाले देशका ८ जना प्रहरीहरू भागेर भारत पुगेको दाबी गरेको छ। ती प्रहरीहरूलाई हिरासतमा लिन र आफूहरूलाई सुम्पन म्यानमारले आग्रह गरेको हो।

भारतीय अधिकारीहरूले पनि म्यानमारका केही प्रहरी अधिकारीहरू उनीहरूको परिवारसाथ सीमा पार गरी भारततर्फ आएको बताएका छन्। भारतीइ राज्य मिजोरमस्थित जम्पई जिल्लाका वरिष्ठ डेप्युटी कमिश्नर मारिया सीटी जुआलीले बर्माको फालाम जिल्लाका आफ्ना समकक्षीको पत्र प्राप्त भएको जानकारी दिएका छन्।

सो पत्रमा भारत पुगेका पुलिसकर्मीहरूलाई फिर्ता गर्न अनुरोध गरिएको रोयटर्समा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.