भान्टा र आरुमाथि फेसबुकले लगायाे राेक

भान्टा र आरुमाथि फेसबुकले लगायाे राेक image

फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।

भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको छ ।

न्यूज पोर्टल एक्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौनकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ । कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको हाे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.