भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट अवैधरूपमा भित्रिए दुई हजार किलो माछा नष्ट

भारतबाट अवैधरूपमा भित्रिए दुई हजार किलो माछा नष्ट

काठमाण्डौ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनले दुई हजार किलो माछा नष्ट गरेको छ । संयुक्त टोलीले बरामद गरेको दुई हजार किलो माछा नष्ट गरिएको हो  । नष्ट गरिएको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ ।

अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको मत्स्य व्यवसायी सङ्घ चितवनले जनाएको छ । नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले जनाएको छ । लु ३ च १७९४ नम्बरको गाडीमा राखेर चितवन हुँदै काठमाण्डौ ल्याउन लागिएको माछा जाँचको क्रममा प्रहरीले बरामद गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.