भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

भारतमा पहिलो पटक महिला आरक्षण विधेयक पारित

भारतमा पहिलो पटक महिला आरक्षण विधेयक पारित

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो । भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार बहुमतले पािरत गरेको हो ।

महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तिमा ३३ प्रतिशत सीट आरक्षण हुने छ । साथै प्रान्तहरुमा पनि महिलाका लागि ३३ प्रतिशत सिट आरक्षण हुनेछ । भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत पर्दा २ मत मात्रै विपक्षमा परेको थियो । सत्तारुढ र लगभग सबै विपक्षी दलहरु महिला आरक्षण विधेयकमा एक ठाउँमा उभिएका हुन् । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.