भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

भारतमा सशस्त्र प्रहरीका असई मृत फेला

भारतमा सशस्त्र प्रहरीका असई मृत फेला

सप्तरी । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् ।
भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई सत्यनारायण यादव बिहीबार मृत भेटिएका हुन् । यादवको शव भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको जनाइएको छ ।

उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार पोष्टमार्टम गरिएको छ ।  उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भएका यादव १८ असोजदेखि २१ गतेसम्मका लागि विदा रहेका थिए । उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिएका हुन ।

 

 

 


Thali Mobile Pvt.Ltd.