भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

भारत । दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २ः१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन् । घटनामा बाँच्न सफल रविन्द्रले एएफपीलाई फोनमार्फत् जानकारी दिनुभयो, “एकाएक हल्ला र भागदौड मच्चियो । मानिसहरू एकअर्कामाथि लड्न थाले ।

कसको खुट्टा वा पाखुरा भाचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो । सबै आफ्नो ज्यान बचाउन भागिरहेको देखिन्थ्यो ।” “लगभग आधा घण्टापछि एम्बुलेन्स पुग्दासम्म म लगायतका केही मानिसले आठवटा लास घटनास्थलमा जम्मा गरेका थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “कहालीलाग्दो यस घटनामा जीवित रहन पाएकोमा म भाग्यमानी महसुस गरेको छु तरमेरो आँखा अगाडि घटेको यस दृष्य सम्झिँदा अझै पनि डरले हरीर थरथर काँपीरहेको छ । भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छ ।

स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताए । स्थानीय प्रहरी प्रमुख दिलबाग सिंहले प्रेस ट्रस्ट अफ इण्डिया ९पीटीआईसँग० भने भागदौड मच्चिएको केही क्षणमा नै प्रहरी त्यहाँ पुगेको बताउनुभयो । प्रहरी पुग्दा केही मानिसको ज्यान गइसकेको थियो भने केही छटपटाइरहेका देखिन्थे ।

तर एक अर्का प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने शर्तमा भने, “मेला व्यवस्थापनमा भएको कमीका कारण घटना हुन पुगेको देखिन्छ ।” घटनास्थलमा अत्यधिक भीड भएको र यसलाई व्यवस्थापन गर्ने स्वयंसेवक नदेखिएको उनले बताए । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिनुभएको छ ।

मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताउनुभएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले लेखेका शब्दहरूले सामाजिक सञ्जालका पानाहरू भरिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.