भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

किसानले क्षतिपूर्ति पाउने

किसानले क्षतिपूर्ति पाउने

काठमाण्डौ । धानमा बाला नलागेर पीडित भएका किसानले क्षतिपूर्ति पाउने भएका छन् । क्षतिपूर्तिका लागि छुटेकासहित ७ हजार आठ सय रोपनी क्षेत्र किटान भइसकेको र त्यसैअनुसार काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु गरिने बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका किसानले एग्रोभेटबाट बीउ खरिद गरी रोपेका थिए । तर डीवाई–२८ जातको धानमा यस वर्ष बाला नलागेपछि किसानले क्षतिपूर्तिको माग राख्दै आएका थिए । किसान, पालिकाका जनप्रतिनिधि, बीउ बेच्ने कम्पनीका प्रतिनिधि र बीउ बिजन गुणस्तर केन्द्रबीच यसअघि पुस १५ भित्रै राहत वितरण गर्ने सहमति भएको थियो

प्रतिरोपनी २२ सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो । काठमाण्डौको बूढानीलकण्ठसहित भक्तपुरको चाँगुनारायण, सूर्यविनायक लगायतका क्षेत्रमा किसानले लगाएको धानमा यसवर्ष बाला लागेको थिएन । बीउ आयात तथा वितरण गर्नेबाट किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलो पटक कार्यान्वयन भएको हो ।

केन्द्रले डीवाई–२८ जातको धानमा बाला नलागेपछि बीउ आयात गर्ने कम्पनी काष्ठमण्डप ट्रेड पोइन्ट कालीमाटी काठमाण्डौलाई क्षतिपूर्ति वितरण गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति वितरणमा आनाकानी गरे बीउ बिजन ऐन अनुसार कारबाही हुने पनि केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.