भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत र पाकिस्तानबीच खेल भिडन्त हुदैँ

भारत र पाकिस्तानबीच खेल भिडन्त हुदैँ

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । भारत र पाकिस्तानबीच आज भिडन्त हुँदैछ । भारतमा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण यूएई र ओमानमा खेलाइएको आयोजकले बताएको छ ।

पहिलो चरणको एक समूहको खेल ओमानमा भएको थियो भने अरु सबै खेल यूएईको तीनवटा मैदानमा खेलाउन लागिएको आयोजकको भनाइ छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा सुरु हुनेछ ।

लामो समयदेखि राजनैतिक तनाव झेल्दै आएका भारत र पाकिस्तानबीचको खेल भिडन्तलाई उच्च चाँसोकासाथ हेरिएको छ । क्रिकेट मैदानलाई पनि लडाइको मैदान जस्तैगरी लिएको खेलाडिले बताएका छन् ।

राजनैतिक असर खेल क्षेत्रमासमेत देखिएको जानकार बताँउछन् । भारत र पाकिस्तानबीचको खेलअघि शारजहाँमा दिउँसो पौने ४ बजे ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

 


Thali Mobile Pvt.Ltd.