एजेन्सी । भीषण वर्षाका कारण पाकिस्तानमा २८ जनाको मृत्यु भएको छ भने डेढ सय बढी घाइत भएका छन् । पाकिस्तानको खैबर पख्तुन्ख्वा र पञ्जाव प्रान्तमा हावा हुरीसहितको वर्षाले कैयौं घरहरु भत्किदा २८ जनाको मृत्यु भएको हो । यस क्षेत्रमा सडक छेउका रुख समेत ढलेका छन् ।
पाकिस्तानमा गत वर्ष अभूतपूर्व वर्षाका कारण झण्डै १८ सय मानिसको मृत्यु भएको थियो भने ३ करोड ३० लाख मानिस विस्थापित भएका थिए । असिना पानीले खैबर पख्तुन्ख्वामा २५ र पञ्जावमा कम्तिमा तीन जनाको मृत्यु भएको प्रान्तीय सरकारहरुले बताएका छन् । पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सेना परिचालन गरेको छ ।
