भूमाफियाको कब्जामा सार्वजनिक जग्गा

भूमाफियाको कब्जामा सार्वजनिक जग्गा

सिराहा । सार्वजनिक जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य बाहिर आएको छ । गोलबजार नगरपालिका–९ स्थित किक्ता नम्बर ४२० को २ बिघा ९ कट्टा ३ धुर अर्बौं रुपैयाँ पर्ने जग्गा हो ।

सुकुम्बासीको नाममा ल्याएर त्यो जग्गा १७ वर्षपछि व्यक्ति नाममा सारिएको छ । जग्गाधनी दर्ता श्रेस्तामा ‘सुकुम्बासीलाई वितरण गरिएको जग्गाको हक हस्तान्तरण, बेचबिखन वा कुनै किसिमले दान, दातव्य वा धितो राख्न कम्तीमा १५ वर्षसम्म पाइने छैन’ भन्ने कुरालाई टेकेर भूमाफियाहरूले १७ वर्षपछि उपभोग गर्न खोजेपछि स्थानीयले जग्गा व्यक्तिको नाममा सारिएको भनेर थाहा पाएका हुन् ।

सार्वजानिक जग्गालाई निजी बनाइएको भन्दै स्थानीयहरू विरोध गरिहेका छन् । राजनीतिक पहुँच र पैसाको बलमा चलखेल गरेको भन्दै उनीहरूले जग्गामा नेपालको राष्ट्रिय झण्डा गाडेका छन् ।

 


Thali Mobile Pvt.Ltd.