भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसंघले विज्ञहरु पठाउने

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसंघले विज्ञहरु पठाउने

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ । सो कुरा संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो । त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेकोे छ । सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो ।

निर्वाचनको निश्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो । सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.