भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

भ्रष्ट कर्मचारीलाई कांग्रेसले कारबाही गर्छः सभापति थापा

भ्रष्ट कर्मचारीलाई कांग्रेसले कारबाही गर्छः सभापति थापा

भक्तपुर । कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई नेपाली काँग्रेसले आग्रह गरेको छ । दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारीलाई कारबाही गर्ने नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताएका हुन ।

काँग्रेसको समर्थक हुँ भन्ने तर भित्र भित्र घुस खाने र भ्रष्टाचार गर्ने कर्मचारी काँग्रेसको हुन नसक्ने चेतावनी दिए । नेपाली कांग्रेस निकट स्थानिय तह कर्मचारी युनियन नेपाल भक्तपुर शाखाको प्रथम अधिबेशनलाई द्घघाटन गर्दै पार्टी सभापति थापाले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कांग्रेसका समर्थक कर्मचारीले लोकतन्त्रको खम्बा बनेर जनसेवा गर्नु पर्ने बताए ।

उनले भने, ‘कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले साथ दिदैन । तर, जनमुखी काममा लाग्दालाग्दै कसैले राजनैतिक पूर्वाग्रह राखेर दुःख दिन्छ भने त्यसको प्रतिवाद गर्न तयार छौं ।’ कार्यालयको काम सकेर शुरु भएको अधिवेशनमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष नरबहादुर साउद, केन्द्रिय सदस्य सत्य नारायण शाह, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष श्रीराम लम्साल,

नेपाल ट्रेडयुनियन कांग्रेसकी उप महासचिब राधिका कुईकेल, पार्टी जिल्ला सहसचिव यादव अधिकारी, स्थानीय तह प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन भक्तपुरका जिल्ला अध्यक्ष सुरज पौडेल, ट्रेडयुनियन कांग्रेस भक्तपुरका जिल्ला अध्यक्ष बिष्णु खडका लगायतले शुभकामना ब्यक्त गर्दै कर्मचारी लोकतन्त्रको रक्षा र जनताको सेवामा निस्वार्थ भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.