भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

मतदातालाई रक्सी बाँड्दै उम्मेदवार, प्रहरीले ग¥यो १२ कार्टुन बरामद

मतदातालाई रक्सी बाँड्दै उम्मेदवार, प्रहरीले ग¥यो १२ कार्टुन बरामद

कपिलवस्तु । नगरपालिका– ३ सानो बर्गदहवाबाट प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको छ । उम्मेदवारले मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले रक्सी बरामद गरेको हो ।

रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि लु १ ज २४१० नम्बरको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी सहितको भ्यान र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भ्यानबाट २६० बोतल रक्सीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए ।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लगाएको पक्राउ परेका ती व्यक्तिको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.