भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सासुको मृत्युपछि बुहारीलाई टिकट

सासुको मृत्युपछि बुहारीलाई टिकट

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

त्यहाँ ३ जेठमा निर्वाचन हुने गरी आयोगले नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको बताएकी छन् ।

आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत कुबेर पाण्डेले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.