भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

मतदान केन्द्रको जिम्मा महिलालाई

मतदान केन्द्रको जिम्मा महिलालाई

त्रिवेणी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदानस्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा आठ कर्मचारी सबै महिलामात्रै रहेको उहाँले बताउनुभयो । नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका–१ मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका–१ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ । मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ । मतदानस्थलमा १६ महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन् ।

 


Thali Mobile Pvt.Ltd.