भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मध्यपुरको जित

मध्यपुरको जित

काठमाडौँ । सहिद स्मारक ‘बीडिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक÷एक गोल गरे ।सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक÷एक गोल गरे ।

खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए । तर सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई÷दुई को बराबरीमा ल्याए । सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धीरजले ५४औँ मिनेट तथा जेनिशले ७४औँ मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनिश्चत गरे ।

 


Thali Mobile Pvt.Ltd.