भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपुरको जित

मध्यपुरको जित

काठमाडौँ । सहिद स्मारक ‘बीडिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक÷एक गोल गरे ।सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक÷एक गोल गरे ।

खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए । तर सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई÷दुई को बराबरीमा ल्याए । सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धीरजले ५४औँ मिनेट तथा जेनिशले ७४औँ मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनिश्चत गरे ।

 


Thali Mobile Pvt.Ltd.