भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मध्यपुर सञ्चार समाजको सन्देश, अटेर गरे प्रहरीलाई खबर गर्नु

मध्यपुर सञ्चार समाजको सन्देश, अटेर गरे प्रहरीलाई खबर गर्नु

१ जेष्ठ २०७७ काठमाडाें । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानव सभ्यतालाई चुनौती दिइरहेको भन्दै नगरवासीलाई मध्यपुर सञ्चार समाजले आग्रह गरेको छ ।

नेपालमा कोरोनाको प्रभाव बढेसंगै मध्यपुर थिमि नगरपालिका पनि संक्रमित भएको भन्दै वडा नं. ४ शंखधरचोकमा १ जना संक्रमित भएको पुष्टि भएसंंगै यस नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण मानिसहरुले कोरोनाबाट बच्नका यस्तो आग्रह गरेको हो ।

घरमै सुरक्षितसाथ बस्नु पर्ने भन्दै अत्यावश्यक परेमात्र सामाजिक दुरी कायम गरी माक्स, पन्जा र सेनिटाइजरको प्रयोग गरेर घर बाहिर निस्कनु पर्ने जनाएको छ । बाहिर जिल्लाबाट जो कोही नगरपालिकामा आएर बसोबास गरेको छ भने उनीहरुले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण पनि गर्नुपर्ने मध्यपुर संचार समाजले जनाएको छ ।

घरधनीहरुले कुनै चेकजाच नगराईकन घरमा नराख्न र अटेर गरेमा सम्बन्धीत वडा कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गर्नु समेत सबैलाई अपील गरेको छ । स्थानीय सरकारले बाहिर जिल्लाबाट आएको मानिसहरुको लगत राख्ने व्यवस्था गर्ने भएकोले सो कार्यलाई सबैले सघाउन विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

सुरक्षित रहौ, घरभित्रै बसौं र नेपाल सरकारले जारी गरेको लकडाउन आदेश पूर्ण रुपमा पालना गरौं । महामारीबाट आपूm पनि बचौं, अरुलाई पनि बचाऔं भन्दै समाजले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।Bigyapti

 


Thali Mobile Pvt.Ltd.