भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाजात्राको छायांकन सुरू

महाजात्राको छायांकन सुरू

काठमाडौं । फिल्म महाजात्राको छायांकन सुरू गरिएको छ । षट्कोण आर्टस ब्यानरमा निर्माण हुने फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेका छन् ।

फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ रहेका छन् । फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल,

प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय रहने छ। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।

फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुने आयोजकले जनाएको छ । फिल्म जात्रा र जात्रैजात्राको तेस्रो शृंखला हो ।

यसअघि प्रदर्शन भएका फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

यस फिल्मले पनि उधुम मचाउने आकलन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.