भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट

काठमाडौं । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ । गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ ।

यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो । स्काउटले खोप केन्द्रमा सहजीकरण गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका २१ खोप केन्द्रमा १२५ स्काउट स्वयंसेवी परिचालन गरेको छ भने चिकित्सकसँग बिरामीलाई सम्पर्क गराउन प्रदेश नं। १, बाग्मती र लुम्बिनी प्रदेशमा अनलाइन स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ । परामर्शबाट हालसम्म ५९ जना चिकित्सकले करीब ५०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन् ।

यसैगरी स्काउटले कोभिड भन्दा बाहेकका अन्य बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । यो सेवामा स्काउटको वागमती प्रदेश समिति सदस्य अजित लामा, प्रदेश समिति सदस्य एवं पर्वतारोही प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य विकेन्द्र महर्जन परिचालित रहनुभएको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई सम्मान र प्रोत्साहनका लागि ‘स्यालुट’ कार्यक्रम, विभिन्न स्थानमा पशुपक्षीलाई आहार वितरण, हेल्प डेस्कको स्थापना, शव व्यवस्थापन, विद्यालयमा मास्क वितरण, हात धुने स्थल स्थापना र सञ्चालन गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो । सङ्क्रमण फैलनबाट रोक्न ७५ स्थानमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । सो कार्यमा स्काउटका छ सय २५ स्काउट स्वयंसेवी खटिएका थिए भने ४९ हजार ४३४ नागरिकले प्रत्यक्ष लाभ लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.