भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔँ ’

‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔँ ’

पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको हो । सन्देशमा उहाँले जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

“नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु”, सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैको सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।”

सन्देशमा प्रदेशप्रमुख पौडेलले सङ्क्रमणबाट सङ्क्रमित भई उपचारमा रहनुभएका र होम आइसोलेशनमा बस्नुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपङ्क्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकाय तथा कर्मचारीलाई सम्मानका साथ अझ उच्च मनोबल राखेर निरन्तर क्रियाशील रहन पनि आह्वान गर्नुभएको छ । उहाँले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.