भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔँ ’

‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔँ ’

पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको हो । सन्देशमा उहाँले जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

“नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु”, सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैको सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।”

सन्देशमा प्रदेशप्रमुख पौडेलले सङ्क्रमणबाट सङ्क्रमित भई उपचारमा रहनुभएका र होम आइसोलेशनमा बस्नुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपङ्क्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकाय तथा कर्मचारीलाई सम्मानका साथ अझ उच्च मनोबल राखेर निरन्तर क्रियाशील रहन पनि आह्वान गर्नुभएको छ । उहाँले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.