माघीसम्म सुपथ मूल्यका पसल सञ्चालन

माघीसम्म सुपथ मूल्यका पसल सञ्चालन

काठमाण्डौं । सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन ल्याएको थियो । पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म पसल सञ्चालन गर्ने निर्णय भएको र सोही अनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।

काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु सहुलियत दरमा चामल, नुन, चिनी, तेल, गेडागुडीलगायत खाद्यवस्तु बिक्री वितरण कम्पनीले गर्दै आएको छ ।

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.