भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

माघ १ गतेदेखि बीमाका सबै भुक्तानी विद्युतीय माध्यमबाट अनिवार्य

माघ १ गतेदेखि बीमाका सबै भुक्तानी विद्युतीय माध्यमबाट अनिवार्य

काठमाण्डौ, २३ पुस । बीमा कम्पनीहरूले आउँदो माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय माध्यममार्फत् गर्नुपर्ने भएको छ।

बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशनसहित परिपत्र जारी गर्दै नगद भुक्तानीको अभ्यास अन्त्य गर्न स्पष्ट निर्देशन दिएको हो।

परिपत्रअनुसार माघ १ गतेपछि हुने बीमासम्बन्धी सबै भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा प्रत्यक्ष रूपमा स्थानान्तरण गर्नुपर्नेछ। बीमा दाबी भुक्तानी, बीमा रकम फिर्ता, कमिसन, सेवा शुल्क लगायत सबै प्रकारका आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपालमा हाल जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा एजेन्टहरू सञ्चालनमा रहेका छन्। बीमा प्राधिकरणको यो निर्देशन सबै प्रकारका बीमा कम्पनी तथा बीमा व्यवसायसँग सम्बन्धित पक्षहरूलाई समान रूपमा लागू हुनेछ।

बीमा क्षेत्रमा पारदर्शिता बढाउने, आर्थिक कारोबारलाई व्यवस्थित बनाउने तथा डिजिटल वित्तीय प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ। यसबाट बीमा क्षेत्रमा अनियमितता न्यूनीकरण हुने र सेवाग्राहीलाई समेत सहजता हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.