काठमाण्डौ । काठमाण्डौमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही अभियान सुरु भएको छ । स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले कारबाही अभियान सुरु गरेको हो । मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भएरनभएको बारे अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।
आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलको भनाई छ । सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
