नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । अभिनेता ढुंगाना एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् भने ‘रमित ढुंगाना फिल्मस्’को व्यानरमा निर्माण हुनेछ । सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई हामीले चलचित्रको पर्दामा देखाउन लागेका हौँ । चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश पनि हामीले दिनेछौँ ।’
नेपाली सिने अद्योगमा धेरै चलचित्रमा अभिनय गरिसेकका रमितले यसअघि दुई चलचित्र निर्माण गरिसकेका छन् । रमितले २०६१ सालमा चलचित्र ‘माया नमार’ निर्माण गर्दै सोही चलचित्रबाट डेब्यु गरेका थिए भने चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पनि ढुंगानाले नै निर्माण गरेका हुन् ।
चलचित्र मुस्कान खातुनको विषयमा बन्न लागेकोले नाम ‘मुस्कान’ नै राखिएको छ । यसका लागि कलाकारहरुको छनोट भइरहेको निर्माता ढुंगानाले बताए । उनले भने, ‘हामीलाई मुस्कान जस्तै केटी चाहिएकाले उसैको खोजीमा छौँ ।’ चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने रमितले बताए ।
कोरोनाको त्रासका कारण चलचित्रको छायांकन सुरु नभएको रमितले बताए । उनले भने, ‘कोरोनाको डर हट्ने बित्तिकै हामीले छायांकन सुरु गर्नेछौँ ।’ चलचित्रको छायांकन विरगञ्जमा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौं, ८ असार । नेपाली लोकसंगीतको सांगीतिक संसारमा नयाँ स्फूर्ति थप्दै, अनुभवी कलाकारहरूको समुहले “मेरो को छ र” नामक लोकगीत बजारमा ल्याएको छ। पूर्णकला बीसीको आधिकारिक युट्युब च्यानलमार्फत सबैका...
काठमाडौं, ७ असार । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार कृष्ण रेउलेको निर्देशन र प्रस्तुति रहेको दुईवटा फरक स्वाद र भाव बोकेका साङ्गीतिक कोसेलीहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएका गीतहरू...
काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक...