काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको नेपाल वद्यार्थी संघले भर्त्सना गरेको छ । कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धिको नेविसंघले घोर भत्र्सना गरेको हो । उपभोक्ताले चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता गर्न संघका महामन्त्री बल्देव तिमल्सिनाले माग गरेका हुन । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई र दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको छ ।
स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक–पटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको नेविसंघको ठहर छ । तर पनि नेपाली काग्रेस नेतृत्वको गठबन्धन सरकारले सत्ताको बागडोर सम्हाली रहेको छ ।
