भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मेघ गर्जन सहित तीन दिन भारी वर्षाको संभावना

मेघ गर्जन सहित तीन दिन भारी वर्षाको संभावना

काठमाडौँ । मेघ गर्जन सहित आगामी तीन दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईहरेको महाशाखालृे जनाएको हो ।

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाले उल्लेख गरेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।

पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना छ।

 


Thali Mobile Pvt.Ltd.