भर्खरै : Sorry, your browser does not support inline SVG.

मोटरसाइकल दुर्घटना हुँदा दाङमा सशस्त्र प्रहरीका २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दाङमा सशस्त्र प्रहरीका २ जनाको मृत्यु

दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् ।

उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए । मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले बताए ।

 

 

 


Thali Mobile Pvt.Ltd.