भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

मोरङ कांग्रेस सभापतिमा लिम्बू विजयी

मोरङ कांग्रेस सभापतिमा लिम्बू विजयी

मोरङ । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । लिम्बू पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको निर्वाचनमा भारी मतान्तरले विजयी भएका हुन् ।

उनले १ हजार ९०६ मत प्राप्त गरेका छन् । मंगलबार राति सार्वजनिक भएको दोस्रो चरणको निर्वाचनको अन्तिम मत परिणाम अनुसार देउवा पक्षीय उम्मेदवार दिलीप गच्छदारलाई लिम्बूले ४८१ मतान्तरले पराजित गरे ।

गच्छदारले १ हजार ४२५ मत ल्याए भने २५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । मंगलबारको निर्वाचनमा ३ हजार ३ सय ५६ मत खसेको थियो ।

मोरङ कांग्रेसको नेतृत्व चयनका लागि आइतबार पहिलो चरणको निर्वाचन हुँदा ३ हजार ४१३ मत खसेको थियो। त्यतिबेला पनि लिम्बूले नै सर्वाधिक मत पाएका थिए।

 


Thali Mobile Pvt.Ltd.