भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो

मोेटरसाइकल चोरी गर्ने गिरोह पत्ता लाग्यो

महोत्तरी । प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो । मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

पछिल्लो समय बर्दिबासमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गएको छ । केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थियो । बर्दिबास र गौशाला बजारमा घरको भित्ता फोरेर चोरी क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.