भर्खरै : Sorry, your browser does not support inline SVG.

यस्तो छ लाखाैं जित्ने डिशहोमको क्यास ब्याक अफर

यस्तो छ लाखाैं जित्ने डिशहोमको क्यास ब्याक अफर

काठमाडौं । आजदेखि डिशहोमले आफ्नो फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ ।

ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन सय ६५ र दुई बर्षको रिचार्जमा रु पाँच सय क्यासब्याक प्राप्त गर्नेछन्। क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन् ।

नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले रु एक, एक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने छन्।

 


Thali Mobile Pvt.Ltd.