एजेन्सी । रुसका तेल भण्डारहरुमा युक्रेनले आक्रमण गरेको छ । युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेको हो । रूसको राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेको समयमा उक्त आक्रमण भएको जनाइएको छ ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले रुले राजधानी कीभ लगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको हत्या गरेको बदला लिन तेल स्टोरहरुमा आक्रमण गरिएको बताएका छन् । उनले ४० हजार टन तेल भरिएका १० वटा ठूला ट्यांकर ध्वस्त बनाएको दावी समेत गरेका छन् । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरिरहेको छ । रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो आएको देखिएको छ।
युक्रेनी आक्रमण रुस नियन्त्रित क्राइमिया, ओडेसा र त्यस आसपासको क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । उता, रुसले कृष्णसागर नजिकको बन्दरगाहमा पनि युक्रेनले हमलाको प्रयास गरेको र युक्रेनी क्षेप्यास्त्र असफल बनाएको दावी गरेको छ । रुसको १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
