भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युक्रेनको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा

युक्रेनको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा

काठमाडौं । युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा रहेको छ । आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका हुन । पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट आक्रमण गरिरहेको छ। सेभेरोडोनेट्स्क शहरमा लडाई तीव्र भएको छ।जसले गर्दा धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा पुगेको जनाइएको छ।

जेलेन्स्कीले ३० हजार भन्दा धेरै रुसी सैनिकहरूले यस युद्धमा ज्यान गुमाएको दावी गरेका छन् । दावी गरिएको यो संख्या १९७९ देखि अफगानिस्तानमा एक दशक चलेको युद्ध र ९० को दशकमा भएका दुई चेचेन युद्धको क्षति भन्दा धेरै हो। रुसले भने अहिलेसम्म युक्रेनमा १ हजार ३ सय भन्दा धेरैको ज्यान गएको विवरण दिएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले कब्जा गरेको भूभाग बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.