भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

पोर्चुगल । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सो अवसरमा उनीहरुबिच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिएका थिए । भेटवार्ताका क्रममा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो ।

उक्त समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्रीरसहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल, दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ । गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त भएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएका थिए ।रासस

 


Thali Mobile Pvt.Ltd.