भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

राडिपाखी बुन्ने उपकरणले सहज बनायो

राडिपाखी बुन्ने उपकरणले सहज बनायो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ । पहिले एक हप्तामा एउटै मात्र राडिपाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले उपकरणको प्रयोगले सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको स्थानीयवासी चन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त वडाका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत भेडापालन हो ।

भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ । यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हँुदै आएको थियो । एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले बताए ।

पहिलो पटक उपकरणबाट राडिपाखी बुन्न पाउदा निकै खुसी छौँ । सो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको र आत्मनिर्भर हुन प्रेरित गरेको उनीहरुको भनाइ थियो ।
गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.