भर्खरै : Sorry, your browser does not support inline SVG.
जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला |

रुसले सबै युक्रेनीलाई नागरिकता दिने

रुसले सबै युक्रेनीलाई नागरिकता दिने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गर्दै सबै युक्रेनीलाई देशको नागरिकता दिने बताइएकाे छ ।

पुटिनले सबै युक्रेनी नागरिकलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको  र उक्त आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको बीबीसीले जनाएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेकाे सञ्चारमाध्यमले जनाएका छन् ।

रूसले सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू गरेकाे थियाे भने युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.