भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

रुसी राष्ट्रपति पुटिनको अर्को घोषणा, धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने

रुसी राष्ट्रपति पुटिनको अर्को घोषणा, धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने

एजेन्सी । युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताएका हुन । पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको जिकीरसमेत गरेका छन् ।

पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त भएको भन्दै पुटिनले युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको जिकीर गरे ।

सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै उनले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने बताए । युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नु पर्ने जरुरी नदेखिएको भन्दै पुटिनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने बताए ।

 


Thali Mobile Pvt.Ltd.