भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

रैथाने बालीको संरक्षण गर्नेका लागि अर्गानिक मिनी मार्केट सञ्चालन

रैथाने बालीको संरक्षण गर्नेका लागि अर्गानिक मिनी मार्केट सञ्चालन

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगानीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनी मार्केट सञ्चालनमा ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उहाँले भन्नुभयो, “रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागि सहकारीले अर्गानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ ।”

जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, टिमुर चिनो, कागुनो, स्याउ, घ्यू, महलगायतका रैथाने वस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट पसल खोलेको सहकारीका कार्यकारी व्यवस्थापक पाण्डेले बताए । सहकारीले रु ५० लाख बराबरको मार्सीधान र सिमी खरिद गर्ने भएको छ । रु ३० हजारको ओखर खरिद गरेको छ । अर्गानिक मिनी मार्केटबाट दैनिक रु एक लाख बराबरको अर्गानिक वस्तु बिक्री हुने गरेको सहकारीले जनाएको छ ।

जिल्लामा उत्पादन हुने रैथाने वस्तु गाउँगाउँमा रहेका आफ्ना सदस्यबाट सङ्कलन गर्ने गरिएको व्यवस्थापक पाण्डेले जानकारी दिए । उहाँले भन्नुभयो, “बचत उठाउँदा नगदमात्रै लिने गरेको छैन, सदस्यको सहजताका लागि सिमी, चामल, फापरजस्ता अर्गानिक वस्तु पनि लिने गरेका छौँ । सिमी चामलसँग पनि बचत साट्ने गरिएको छ । जुम्लामै उत्पादन भएको रैथाने बालीलाई प्रथामिकता दिएक छौँ ।” अर्गानिक उत्पादन गर्ने किसानलाई सहकारीले रु २० हजार बराबार अनुदान दिने गरेको छ ।

जुम्लामा मात्रै १८ हजार सहकारीका सदस्य रहेका छन् । तीमध्ये १२ हजार गाउँमा छन् । गाउँमा भएका १२ हजार सदस्यको उत्पादन सहकारीले आफैँ लिने गरेको सहकारीका व्यवस्थापक पाण्डेले बताउनुभयो । जुम्लामा उत्पादित रैथाने बाली मात्रै नभई राडीपाखी, लिउ, उनीबाट बनाइएका स्वीटर, कोटको कपडा, खराएका टोपीलगायत सम्पूर्ण सामग्री मिनी मार्केटबाट बिक्री हुने गरेको पनि सहकारीले जनाएको छ । पछिल्लो समयमा चन्दननाथ सहकारी वित्तीय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.